काठमाडौँ । काठमाडौँको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

झापाको भद्रपुरबाट शुक्रबार नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0