नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एकल अङ्कको सुधार देखिएको छ ।
आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो ।
आज चार अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ ।
आजैबाट कारोबारमा आएको नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । यस्तै सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव शून्य पाँच प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
