सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बतानउनुभयाे।

मंगलबार वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उहाँले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनु अपराध भएकाे बताउनुभएकाे हाे ।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौं, हामी लोकतन्त्रवादी हौं, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उहाँले भन्नुभयाे ।

दलहरुप्रति केही गुनासा र असन्तुष्टि जति भएपनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्न उनले आग्रह गर्नुभयाे ।

राजाको २५० वर्षे शासनकालमा देशभरी कुल ८ हजार किमि बाटो बनेकोमा अहिले १ लाख १० हजार किमि बाटो बन्नुमा गणतन्त्रको देन भएको उहाँले दावी गर्नुभयाे ।

महासचिव पोखरेलले भेरी-बबई डाईभर्सन बहुउद्देश्य आयोजना, भेरी करिडोर, कर्णाली करिडोर, दैलेख पेट्रोलियम उत्खनन् र एमालेकै नेतृत्वमा सुर्खेत विमानस्थल विस्तार कार्य समेत अघि बढ्ने उहाँकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0