राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।
केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो र लामिछानेलाई प्रहरीले शुक्रबार साँझै पक्राउ गरेको थियो ।
सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0