ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । जितसँगै ललितपुरले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
ललितपुरलाई जित दिलाउन जोनाथन एडवार्डोले २ तथा इमोह इजेकले १ गोल गरे । पोखराका लागि समीर तामाङ र जोए इडवार्डोले गोल फर्काएका थिए ।

पहिलो खेल काठमाडौंसँग बराबरी खेलेको ललितपुरले दुई खेलबाट चार अङ्क जोडेको छ ।
पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा पोखरा चितवनसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0