पुष्पलाल वि.सी. ।
सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उहाँहरूले सामूहिक राजीनामा दिनुभएको हो ।

माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री हुनुहुन्थ्यो ।

परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पु¥याउन राजीनामा दिएको मन्त्री केसीले बताउनुभयो ।

चारै जना मन्त्री यही वैशाख १८ गते नियुक्त हुनुभएको थियो ।

मन्त्रीहरूको राजीनामा सँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मन्त्रीहरूले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0