काठमाडौँ, २१ असार । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा एक सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय ७० निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0