सुर्खेत २१, असार । मध्यपश्चिम विश्वविद्यालय मुसुम एल्मुनाईकाे आयाेजनामा दाेश्राे एमयू फेस्टिवल हुने भएकाे छ ।

आज (शुक्रबार) हुने फेस्टिवलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् ।

कार्यक्रममा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसाेमसहित आठ वटा स्टलहरू रहनेछन ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय : शैक्षिक गुणस्तर सुधार र चुनाैती विषयक अन्तरक्रिया कार्यक्रम राखिएकाे छ ।

`विश्वविद्यालयकाे प्रवर्द्वन, विश्वविद्यालयमा अध्ययनरत र पूर्व विद्यार्थीहरूबीचकाे साैहार्द्वपूर्ण सम्बन्ध स्थापित गर्नका लागि मुसुम फेस्टिवलकाे आयाेजना गर्न लागिएकाे हाे,´ कार्यक्रम संयाेजक सचिन तिमिल्सिनाले भने ।

उनले स्थानीय कला संस्कृतिकाे विकास गर्नुका साथै विद्यार्थीहरूकाे नेतृत्वकलाकाे विकास गर्ने उद्देश्य राखिएकाे व्यवस्थापक रेडपाण्डा ग्रुप अफ कम्पनीजका अध्यक्ष सन्जय याेगीले जानकारी दिए ।

फेस्टिवलमा फाेटाे प्रदर्शनी, नृत्य प्रतियाेगीता, अदालती अभ्यास, खाना परिकारलगायतका स्टलहरू पनि रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0