जनकपुर, २० असार : मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ ।

जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो ।

आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको सङ्ख्या कम गर्न सकिने बताउनुभयो ।

प्रदेशका बालश्रमिकहरु मध्ये शहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिनुभयो ।

गरिबी तथा अशिक्षाका कारण बालश्रमिक मध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उहाँले बताउनुभयो ।

मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार छन् ।

बालश्रममा लागेकालाई विद्यालय पठाउन चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार गुरु सुवेदीले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0