काठमाडौँ, १६ असार । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।

आइतबार विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबारको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0