सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा शनिबार आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी छलफलमा पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गइरहेको उहाँले बताउनुभयाे ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको जानकारी दिनुभयो ।

सो सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजना बनाएको बताउनुभयो । साथै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशका युवा तथा बालबालिकाको विद्यमान अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या चुनौतीका रूपमा देखापरेको बताउनुभयो ।

सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले कर्णाली प्रदेशले मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहिलो पटक कार्ययोजना बनाइ न्यूनीकरणका काम गर्न थालेकामा खुसी व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0