बानेश्वरमा झरि परेपछि ।

काठमाडाैँ । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा देशको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको हो । आइतवारसम्ममा देशभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जाने उहाँले बताउनुभयो ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आउँदो शनिवारसम्म कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0