जेठ ३१, काठमाडौं । अब २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य रुपमा राष्ट्रिय परिचपत्र लिएको हुनुपर्ने भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ वटा जिल्लाको सूची सार्वजनिक गरेको हो।

जेठ २४ गतको मन्त्रिपरिषद्को निर्णयअनुसार पहिलो चरणमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्न ती जिल्लाका सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।

विभागका ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरी स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासनले कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालनमार्फत विवरण दर्ता गर्ने कार्यसमेत भइरहेको सूचनामा उल्लेख छ।

बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0