सुर्खेत । कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गर्नुभयो ।
त्यस्तै, सामािजक विकासमन्त्री टेकराज पछाईंले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गर्नुभयो । प्रदेश सरकार गठनको तीन महिनापछि सभामा पहिलो पटक दुई वटा विधेयक टेबुल गरिएका छन् ।
प्रदेशसभाको अर्को बैठक यही चैत २२ गते दिउँसो ३ बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1