इङ्ग्ल्यान्डले दोश्रो पटक टी–२० विश्व कपकाे उपाधि जितेको छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै इंग्ल्यान्डले उपाधी जितेको हो । 
पाकिस्तानले जितका लागी दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै भेटायाे । इंग्ल्यान्डको जितमा बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । इङ्ग्ल्यान्डका साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0