सरकारले भोली ( मंगलबार ) सार्वजनिक बिदा दिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ कात्तिकमा सार्वजनिक विदा दिएको हो ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । साथै उक्त दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ।
जोशीको  आइतबार बिहान  किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0