सुर्खेत । कर्णाली प्रदेश सरकारले शनिबार (आज) प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको थियो ।

प्रदेश सरकारको गत चैत २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0