सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मलेन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
मन्त्री बडूले डिजेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ घटाएको जानकारी दिएका छन् ।
यो सँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । घटेको मूल्य आज राती १२ बजेपछि लागू हुनेछ ।
यसअघि निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले मूल्य बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
