विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने शहर र रंगशालाको नाम सार्वजनिक गरेको छ ।
विश्वकप फुटबल क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुनेछ ।
विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछन ।
विश्वकपका खेलहरु आयोजना हुने शहरहरु
अमेरिका:-
एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल
मेक्सिको:-
गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी
क्यानडा:-
टोरोन्टो र भान्कोभर गरी
उक्त प्रतियोगिता ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ।
सन २०२२ को विश्वकप कतारमा हुँदैछ ।
