फागुन १४, सुर्खेत ।

उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्सपो २०८० सञ्चालनको गर्नेबाटो खोलिदिएको छ ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायधिश लोहित चन्द्र शाह र न्यायधिश खड्क बहादुर के.सीको संयुक्त इजलाशले मेला सम्बन्धी अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै महोत्सव सञ्चालनको बाटो खुलेके हो ।

अदालतले सोमबार कर्णाली एक्सपोको पक्षमा फैसला गरेको हो ।
अदालतद्वारा जारी फैसलामा भनिएको छ,‘कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेल मैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बाल मन्दिर विद्यालयको पठनपाठन सकिएर २०८०/१२/१ देखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति २०८०।११।११।३ मा भएको अल्पकालिन अन्तिरिम आदेशलाई निरन्तरता दिइरहनु परेन ।’

प्रकाशबाबु ऐ.डी ले वीरेन्द्रनगरनगरपालिका र सुर्खेत उद्योग बाणिज्य संघलाई विपक्ष बनाई रिट निवेदन दायार गरेका थिए ।

सोमबार निवेदकका तर्फबाट उपस्थित बरिष्ठ अधिवक्ता भूषण कुमार मानन्धर तथा अधिवक्ता प्रकाशबाबु ऐडी, दुर्गा प्रसाद सापकोटा, मातृका प्रसाद खनाल, गिता कुमारी कोइराला, विनोदमणी भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए भने विपक्षी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सुर्खेत समेतका तर्फबाट अधिवक्ता कृष्ण बहादुर हमाल, ध्रुव कुमार श्रेष्ठ र उत्तम प्रसाद आचार्यले बहस गरेका थिए ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली एक्सपो भोलीबाटै सञ्चालन हुने बताइएकाे छ । आयोजक सुर्खेत उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन हुने जनाएको छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का भोली मध्यान्ह १२ः ३० बजे गर्ने सुउवासंका अध्यक्ष लक्ष्मण कंडेलले बताए । भोली विहान ११ बजे मंगलगडी चोकबाट झाँकी सहित र्याली निकालिने उनले बताए। यस्तै साढे १२ बजेबाट महोत्सवको उद्घाटन भएपछि अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने अध्यक्ष कंडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0