आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत आफ्नो दोश्रो खेलमा नेदरल्यान्डमाथी नेपालले सानदार जित निकालेको छ ।
शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो ।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्रै १ विकेटको क्षतिमा पूरा गर्यो ।

फोटो : क्यान

नेपाललाई जित दिलाउन अनिलकुमार शाह र आसिफ शेखले अर्धसतकिय पारी खेलेका थिए । शाह ५७ र शेख ५४ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नेदरल्यान्ड ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

नेदरल्यान्डका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, बास डे लिड २७,नोआह क्रोस १२,म्याक्स ओ’डाउडले १० रन बनाय ।

फोटो : क्यान

नेपालका स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0