साउदी अरबमा भएको रियाद सिजन टोलीसँगको कोमैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हासिल गरेको छ ।
निकै रोमान्चक भएको खेलमा जम्मा ९ गोल भएका थिए । जसमा पिएसजी ५-४ ले विजयी भयो ।

खेलको तेस्रो मिनेटमा गोल गर्दै लियोनेल मेस्सिले पीएसजीलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै रियाद ११ लाई १-१ गोलको बराबरीमा ल्याए ।
४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई पुनः २-१ को अग्रता दिलाए ।

तर पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ ले अघि रह्यो ।
५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै रियादलाई ३-३ को बराबरीमा ल्याए ।

६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४-३ को स्थितिमा पुर्‍याए ।
खेलको ७८ औं मिनेटमा ह्युगो इकिटिकेले गोल गर्दा पीएसजी ५-३ ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि रियाद ५-४ ले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0