गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजङ गुरूङलाई रिहाइ गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पु¥याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो । भिएसएफमा बायोमेट्रिक्सका लागि पुग्नुभएका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0