काठमाडौं – पुनर्जागरण पार्टीको केन्द्रीय समितिलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्याम बाबु गौतमले पुर्वीय दर्शनमा आधारित मानवतावादले बिश्व राजनीतिलाई दिशानिर्देश गर्ने सामर्थ्य राख्ने धारणा राखेका छन् ।

पुनर्जागरण पार्टीले पुर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष र महामन्त्रीले पुर्वीय दर्शनमा आधारित मानवतावादलाई ब्याख्या विश्लेण गरेर दस्तावेज निर्माण गर्नेछन् ।
पुनर्जागरण पार्टीको केन्द्रीय समिति बैठक १९ गतेदेखि काठमाडौंमा शुरु भएर आज शुक्रबार सकिदैछ । पार्टीले शनिवार पत्रकार सम्मेलन गर्दैछ ।

पुनर्जागरण पार्टीको अध्यक्ष श्याम बाबु गौतम , महामन्त्री रवि किरण हमाल र प्रवक्ता सदिक्षा केसि चुनिएका छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा बढी महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0