काठमाडौं – पुनर्जागरण पार्टीका महामन्त्री रवि किरण हमालले केन्द्रीय समिति बैठकमा पुनर्जागरणका लागि जस्तोसुकै परिस्थिति भोग्न आफूहरु तयार रहेको बताएका छन् ।

बैठकको पहिलो दिन केन्द्रीय समितिलाई सम्बोधन गर्दै किरणले नेपालमा मात्र होईन बिश्व राजनीतिमा पुनर्जागरण आवश्यक रहेको बताएका छन् ।

किरणले केन्द्रीय सदस्यहरुलाई पुनर्जागरणका लागि मुटु र मस्तिष्क दह्रो बनाउन आग्रह गरेका छन् । उनले भने ” हामीलाई देखेर धेरै मानिस हास्न सक्छन् , मजाक गर्न सक्छन् , धैर्य गर्नुपर्नेछ ” ।

निर्वाचन आयोगमा दर्ता भएपछि पुनर्जागरण पार्टीले साउन १९ र २० गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0