सुर्खेत । होटेल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐन बहादुर शाही निर्विरोध चयन हुनुभएको छ ।

आज वीरेन्द्रनगरमा भएको होटेल व्यवसायी संघ सुर्खेतको पाचौं चुनावी साधारण सभाबाट अध्यक्षमा शाही निर्विरोध चयन हुनुभएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुमन कार्की,प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी,द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे,महासचिवमा बिकास सिलवाल,सचिवमा अर्जुन देवकोटा र कोषाध्यक्षमा दुर्ग बस्नेत चयन हुनुभएको छ ।

नया चयन हुनुभएका पदाधिकारीहरुले होटेल व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0