राम बहादुर खड्का
एक पटक “खुलासा” सिंगारिएर,
नृत्य लिएर खुस्बु भरेर
अट्टहासमा आइ।
एकाएक उत्कट उमंग छायो ।
केही पल हसाउँदै नाच्दै “खुलासा”
नग्न भएर गइ,
अनि टिप्पणीको पहाड बोकेर
नैतिक जीवनमा “अँधेरी” जन्मी।
प्रसव पीडाले “खुलासा” ….
“जुनेली” “निद्रा ” र “सपना” संगै
“मौनता” “नम्रता र “ममताले”
नयाँ संसार बसाले।
संगै
“शंकाले” पनि यो धर्तीमा नौतले दरबार उठाइ,
अनि भन्दै छे ,
“मौनता” बोक्सी छे
“नम्रता” कायर हरुवा ,
अनि त्यो “ममता” यस्ती छे !
वेश्या छे ।
“शंकाका ” आँखामा ,
“मौनता “, “नम्रता” र “ममता” जे भए पनि
ती सामान्य मानव व्यवहारका गहना थिए ।
जुन अट्टहास जान्दैनन् मुस्कुराउँदै ,
युग बिताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0