प्रजातन्त्रवादी चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजकमा डा नवराज केसी चयन हुनुभएको छ ।
वीरेन्द्रनगरमा आज सम्पन्न सङ्घको पदस्थापना कार्यक्रममा केसीको संयोजकत्वमा प्रदेश कार्यसमिति घोषणा गरिएको हो ।

सङ्घको प्रदेश उपसंयोजकमा सुशील समदर्शी, शुभ श्रेष्ठ, कमलथानी, किशोर विष्ट र महासचिवमा विकास खड्का, सचिवमा रोशन श्रेष्ठ, तुफानसिं कठायत र कोषाध्यक्षमा कृतिका थापा (श्रेष्ठ) सर्वसम्मत चयन हुनुभएको छ ।

समितिका सदस्यमा शक्ति सुवेदी, रोशनी खत्री, सुवास शर्मा, धर्मराज रेग्मी, पारस पौडेल, अर्चना कार्की र जीवन ज्ञवाली हुनुहुन्छ । त्यस्तै वरिष्ठ सल्लाहकार संयोजकमा प्रा डा डम्बर खड्का, सल्लाहकारमा डा सञ्जु खड्का र डा विकास केसीलाई तोकिएको छ । पदस्थापना कार्यक्रममा सङ्घका प्रदेश संयोजक केसीले दुर्गममा कार्यरत चिकित्सकको पेशागत सुरक्षाका साथै जनताको स्वास्थ्योपचार पाउने अधिकारलाई प्रत्याभूत गर्न सहयोग र आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0