तिलक रिजाल
सुर्खेत । अपाङ्गता मैत्री निर्बाचन प्रणलि र राजनैतिक सहभागीता सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।

कार्यक्रममा अपाङ्गता भएका मानिसहरुलाइ पहुँचयुक्त ढाँचामा निर्वाचनसम्बन्धी जानकारी र मतदाता शिक्षा आवश्यक रहेको साथै अपाङ्गता मैत्री निर्वाचन हुनुपर्ने माग राखिएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत मा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढा रहनु भएको थियो । मन्त्री बुढाले अपाङ्गता मैत्री निर्बाचन हुनु पर्ने र यसका लागि निर्वाचन आयोग को ध्यानाकर्षण गर्ने बताउनु भयोलागी । उक्त कार्यक्रममा विभिन्न जिल्ला हरु देखी प्रतिनिधित्व गर्दै अपाङ्गता भएका तथा दृष्टिबिहिन लगाएत विभिन्न ब्यक्ति हरुको उपस्तिथि रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0