नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
गय रातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ ।
मूल्य बढाईएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय ४३ रुपैयाँ पर्नेछ ।
यस्तै निगमले खाना पकाउने एल पी ग्यासको मूल्यमा पनि वृद्धि गरेको छ ।
एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले विज्ञप्तिमा उल्लेख छ । जसअनुसार एलपी ग्यासको नया मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0