सुर्खेत । कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रममा पोसाक तथा फलफूल वितरण गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा ती स्थानका महिलालाई पोसाक र फलफूल वितरण गरिएको गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षा राज्यको दायित्व भएको बताउँदै वृद्धवृद्धा र सहाराविहीनहरूको संरक्षणमा सरकार लागिपरेको छ भन्नुभयो ।
“सहाराविहीनहरूका लागि छाना, नाना र खानाको जिम्मा सरकारले लिन्छ”, उहाँले भन्नुभयो, “राज्यले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्छ ।”
सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रशान्ति वृद्वाश्रमलाई प्रदेशस्तरको संरचनामा रूपान्तरण गर्न त्यहाँको भौतिक संरचना निर्माणमा सहयोग गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1