लक्ष्मी प्रसाद लम्साल ।
पछिल्लो समय मानव जीवन अस्वस्थ हुँदै गइरहेको अवस्था छ । मान्छे जीवनमा अनेक किसिमका रोगको प्रभाव समय सयमा परिरहेको हुन्छ ।
रोग लाग्नुको प्रमुख कारण चाहिँ गलत जीवनशैली नै हो । आहार विहार उपयुक्त भए रोग मुक्त हुन सकिने सम्भावना प्रबल हुन्छ । शरिर, दिमाग, स्वस्थ हुनु आवश्यक हुन्छ । रोगबाट ग्रस्त भएमा मानिसको अवस्था सामान्य हुँदैन । जसबाट मानवको दैनिकी निकै कष्टकर हुन्छ ।
नेपालमा मानसिक स्वास्थ्य बिग्रनेको सङ्ख्या बढी रहेको छ । चरम निराशा, आत्मबलको कमी, उदासीनता, बेरोजगारी, बिलासी जीवनशैलीबाट अवस्था बिग्रन गएको हो ।
मानसिक रोगी बजारदेखि गाउँसम्म नै छन् । जसका कारण उनीहरुको घरबार तहसनहस समेत भएको अवस्था
छ । कुनैपनि रोग लाग्नु राम्रो विषय होइन । अझ मानसिक प्रकृतिको रोग त खतरनाक हो ।
समाजमा अपहेलित समेत हुने अवस्था सिर्जना हुन्छ । कुनै कुनै समाजमा उपचारको सट्टा घृणित भावले हेर्ने गरिन्छ । शिक्षित समाज पनि यस्तो अवस्था छ ।
मानसिक अवस्था बिग्रेकाहरुलाई अपमानजनक, अशोभनीय, अपाच्य, अपशब्द समेत प्रयोग गर्ने गरिन्छ । हाम्रो समाज अझै सुधार भइसकेको अवस्था छैन् । जसका कारण मानसिक समस्या भएकाहरुले जटिलता भोग्नु परेका छ । उपचारका लागि पनि सबैको पहुँचमा अस्पताल छैनन् । भएका अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव छ ।
मानसिक रोगीलाइ हेयको दृष्ट्रिले हेुर्न हुँदैन । समाजमा सम्मानजनक बस्ने, बाँच्ने पाउने अवस्था सिर्जित हुन जरुरी छ । उनीहरुको नागरिक अधिकारको रक्षा सबैले गर्नुपर्छ । रोग कुनै ईश्वरीय वरदानले लाग्दैन । हाम्रो सोचाइबाट पनि कुनै कुनै रोग लागेका हुन्छन् ।
सकेसम्म रोग लाग्न नदिने दैनिकी अपनाउन पर्छ । यदि लागि हालेमा सही सयममा उपयुक्त उपचारमा जोड दिनुपर्छ । गाउँ, समाजमा सबैले समान किसिमले बाँच्न पाउनुपर्छ ।


























