कर्णाली, ११ असार । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो । उहाँले उद्देश्यविहीन र त्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताउनुभयो ।

बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यससम्बन्धमा सरकारले सुधार नगरुञ्जेल अगाडि बढ्न नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरूले अवरोज जनाएपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0