काठमाडौँ, २० वैशाख। देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो ।

रौतहकटको देवाही गोनाही नगरपालिका–५ टिकुलीया टोलका वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा रु पाँच लाख ५० हजार बराबरको धनमाल जलेको छ ।

यसैगरी, दार्चुलाको महाकाली नगरपालिका–४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब रु १६ लाख ५० हजार बराबरको धनमाल खरानी भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ र म्याग्दीको मङ्गला गाउँपालिका–२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः रु छ लाख र दुई लाख बराबरका सामान जलेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0