???????????? ????? ???????????? (???????), ?? ???? ??????? ???????? ???????????? ?????? ????? ????? ??????????????? ????????, ???????????? ????????????? ?????? ?????? ???? ??????? ???? ???????????? ??????? ?????????? ? ??????? ?????? ????÷????

सुर्खेत २८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवसका अवसरमा शिनबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकार कार्यान्वयन गर्न कठिन भएको गुनासो गर्नुभयो । यसलाई उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनको चुनौतीका रूपमा चित्रण गर्नुभयो ।

नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुवै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उहाँको गुनासो थियो ।

संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि जनचाहनाअनुसार सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0