x'Dnfdf ef/L lxdkft l;dsf]6, !$ k'; M lxdfnL lhNnf x'Dnfdf a'waf/ ef/L lxdkft . lxdkftn] oxfFsf] hghLjg k|efljt ePsf] . t:jL/ M bfg] af]x/f÷/f;;

हुम्ला, २५ चैत । बुधबार बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरु भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी, न्यालु, चालालगायत क्षेत्रमा हिमपात भइरहेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
वडाध्यक्ष तामाङका अनुसार उच्च भेगमा हिमपात भइरहेको छ भने होचो भेगमा पानी परिरहेको छ ।
जिल्लाको दक्षिणी भेगमा पानी परिरहेको छ । सदरमुकाम सिमकोटमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न असहज भएको छ ।

साथै सेवाग्राही पनि चिसोका कारण कमै उपस्थित हुने गरेका छन् । गाउँघरमा पानी पर्दा किसान खुसी भएका छन् । यतिबेला परेको पानीले कृषकलाई राहत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0