काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्नुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको छभने उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























