यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी रु एक लाख राशिको सो पुरस्कार व्यवसायी शेर्पालाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । पर्यटन व्यवसायी शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँमा जन्मिनु भएको हो । उहाँले ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहनुका साथै नेपाल पर्वतारोहण सङ्घको पटक पटक गरी १५ वर्ष अध्यक्षका रूपमा नेतृत्व गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0