२०८२, वैशाख ३०, सुर्खेत । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले  प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहीनता बढेको बताउँनुभयो । यसलाई नियमन गर्नका लागि आम सञ्चार विधेयक बनाउन लागेको जानकारी गराउँनुभयो ।

सुर्खेतकाे वीरेन्द्रनगरबाट प्रकाशन हुने  युगआह्वान राष्ट्रिय दैनिकको २५ औँ  रजतजयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताउनुभएकाे हाे । सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको उहाँले जिकिर गर्नुभयो  ।

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उहाँकाे भनाइ छ । उहाँले अराजकलाइ नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेकाे उल्लेख गर्नुभयाे । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उहाँले बताउनुभयो ।

साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिनुभयो । सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उहाँले बताउनुभयो । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उहाँले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएका बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0