सुर्खेत । मंगलबार र बुधबार मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको बताएकाे हाे ।
साेमबार (आज) राति देशभर हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, मंगलबार र बुधबार देशको सातै प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
