वर्षकै अन्तिम दिन अर्थात यो साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एकल अंकको गिरावट आएको छ ।
आज आठ दशमलव ६२ अङ्कले घटेको नेप्से परिसूचक दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।
आज ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।
गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
