एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले सहज जित दर्ता गरेको छ ।
उसले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसविरुद्ध ६–० गोलअन्तरको जित निकालेको हो । अघिल्लो चरणमा भने एपिएफ र पुलिसले गोलरहित बराबरी खेलेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1