काठमाडौँ, २६ असार । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ ।

मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0