काठमाडौँ, २५ असारः स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0