सुर्रखेत, २० असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजना सम्पन्न सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली समस्याको पर्याय नभई सम्भावनाको क्षेत्र भएको बताउनुभयो ।

सरकारले लिएको नीति, कार्यक्रम र लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले मुख्यमन्त्री कँडेलले सक्कली व्यवसायीहरुलाई मात्र सरकार नजिक पु-याउन सुझाउनुभयो । उहाँका अनुसार श्रमलाई सम्मान गर्ने संस्कृतिबाट मात्र उद्यमशीलता, रोजगारी हुनुका साथै आत्मनिर्भरता बढ्न जान्छ ।

उद्योग वाणिज्य महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका निम्ति सबै दलका नेता एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल र त्यसमा पनि कर्णालीमा लगानी र अन्वेषण हुन नसकेको बताउँदै उहाँले पछिल्लो समयमा रारामा होटेल खोल्न लगानी गरिएको जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रु ४० अर्ब बराबरको लगानीमा काम भइरहेको उहाँको भनाइ थियो ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्द रिजालले कर्णालीको १६ लाख ८८ हजार जनसङ्ख्यामध्ये छ लाख १८ हजार आर्थिक क्रियाकलापमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “३० प्रतिशत महिलाहरु काममा संलग्न छन् । कूल २६ प्रतिशत रोजगारीमा जोडिएका छन् । १३ हजार चार सय २६ जना वैदेशिक रोजगारमा र त्यसमा अधिकांश जनशक्ति खाडी मुलुकमा गएको देखिन्छ ।”

नबिल बैङ्कका उपप्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावलीले मुलुक निर्माणका लागि आलोचना नभई एकले अर्कोलाई साथ दिने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उद्यमशील युवा, सृजनशील युवा अभियानका संयोजक भूपेन्द्रबहादुर शाहीले युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुधभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0