सन २००७ मा पाकिस्तानलाई हराउदै आईसीसी टी-२० विश्वकपको उपाधी जितेको भारतले १७ वर्षपछि दोश्रोपटक विश्ककपको उपाधी हात पारेको छ ।
आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

गयराती बार्बाडोसस्थित किङ्सटाउन मैदानमा भारतले दिएको १७७ रन लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९.५ ओभरमा १६८ रनमै समेटिएपछि भारतले उपाधि जितेको हो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै क्वान्टिन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१ बनाएका थिए ।
बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।

यसअघी टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले सर्वाधिक रनको योगदान दिएका थिए । ५९ बल खेलेका उनले २ छक्का र ६ चौकाको मद्धतमा ७६ रन जोडे ।
त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७ रनमा आउट भए । कप्तान रोहित शर्माले ९ रन मात्र जोड्न सकेका थिए । दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोत्र्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0