कस्ले जित्ला विश्वकप ?

96

गत जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको नवौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्दैछन् । उक्त खेल
ब्रीजटाउनमा नेपाली समय अनुसार आज बेलुका सवा ८ बजेपछि शुरु हुनेछ ।
सेमिफाइनलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई र भारतले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा ठाउँ बनाएका थिए ।
सेमिफाइनलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै,भारतले भने गत संस्करणको च्याम्पियन टोलि इंग्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो ।
पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रीका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो ।
भारतले भने एकपटक उपाधी हात पार्दा २०१४ को फाइनलमा श्रीलंकासँग परजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0