अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानसँग अष्ट्रेलिया स्तब्ध बनेको छ ।
आइतबार बिहान भएको खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथी २१ रनको शानदार जित निकालेको हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमै समेटियो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन जोडे पनि म्याक्सवेलको उक्त पारी जितका लागी पर्याप्त हुन सकेन । बाँकी ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा अष्ट्रेलियाले हार बेहोरेको हो ।
बलिङतर्फ अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ तथा नवीन उल हकले ३ विकेट लिए ।
त्यसअघि ट्स हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन बनाएका थिए । बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ तथा एडम जाम्पाले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0