कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले ढकाललाई सदस्य पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई आज सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0