अमेरिका र वेष्ट इण्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिएको खेल निरन्तर वर्षा भएपछि रद्द भएको हो ।

यो सँगै विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0